2024-05-18

Close

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

४ लाख ८४ हजार २७८ विद्यार्थीहरूको नतिजा प्रमाणीकरण गरेको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । ‘नेपाल सरकारको निर्णयका आधारमा एसईईको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा बोर‍्डले प्रमाणीकरण गर्ने भनेको थियो । त्यो आधारमा हामीले प्रमाणीकरण गरेका छौँ,’ उनले भने ।

एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ । विभिन्न पाँचवाट फार्म/संस्थाबाट एसएमएसका माध्यमबाट र सातवटा फर्म तथा संस्थाबाट अनलाइनमा नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

त्यस्तै इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३, जानकी टेक्टोलोजीको ३५००१, नेपाल टेलिकमको १६०० (एसएमएस र आईभीआर) र एनसेल प्रा.लि.को १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds