मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने भएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो । बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो ।
निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो ।‌ यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा भएको थियो ।

बिज्ञापन

बैठकस्थलबाटै एक मन्त्रीले चुनावको मिति मंसिर ४ तोकिएको र अन्य एजेण्डामा छलफल भइरहेको बताए ।