2024-03-28

Close

काठमाडौं । एकैदिन प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भाग्यमानी बाबु छोरा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहिबार आयोजित एक समारोहकाबीच बाबु राजेन्द्र अधिकारी र छोरा ध्रुव अधिकारीलाई डीएसपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

केहिदिन अघि जनपद प्रहरी समूहतर्फबाट राजेन्द्र डीएसपीमा बढुवा सिफारिस भएका थिए भने ध्रुव प्राविधिक समूहतर्फबाट डीएसपीमा सिफारिस भएका थिए । हुन पनि नेपाल प्रहरीमा बाबु र छोरा एउटै पदमा एकै दिनमा बढुवा भएको सायदै थियो होला ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ स्थायी घर भएको अधिकारी परिवार विगतबाट नै सुरक्षाकर्मीमा आकर्षित थियो, किनकि राजेन्द्रका बुबा नरपति अधिकारी पनि भारतीय सेनामा कार्यरत थिए ।

उनीहरूको यो संयोग मिल्नुको कारण भने प्रहरी सेवाभित्र रहेका फरक फरक क्षेत्रका कारण हो । प्राविधिक समूहमा दरबन्दी र जनशक्ति जनपद प्रहरीको तुलनामा कम हुन्छ ।

ध्रुव २०७५ सालमा प्राविधिकतर्फको इन्स्पेक्टरमा भर्ना भएका थिए । ध्रुव प्रहरी सेवामा प्रवेश गरेको चार वर्षमा त बाबु राजेन्द्र सेवामा प्रवेश गरेको २८ वर्षपछि डीएसपीमा बढुवा भए ।

राजेन्द्र २०५१ प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । २०५७ सालमा असईबाट सईमा बढुवा भएका उनी २०६७ सालमा इन्स्पेक्टर बनेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds