2024-03-29

Close

वीरगंज । राष्ट्र र धर्म रक्षाका लागि कार्य गर्दै आएका हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोषानन्द जी महराजलाई एक कार्यक्रमका बीच प्रिंसटन मोडेल एकेडमी वीरगंजले कदर–पत्रसहित सम्मान र अभिनन्दन गरेको छ ।

वीरगंजको माटोमा जन्मिएका महराज नेपालीहरुको पहिचान पुनः स्थापित गराउन सामाजिक र धार्मिक कार्य गरी लाखौं नेपाली समाजलाई जोड्न सफल भएका छन् ।

पत्रकारिता क्षेत्रबाट कलम चलाई सामाजिक संस्थाको माध्यमले आर्थिक रुपमा गरीब र पिछडिएको समुदायका लागि कार्य गरिसकेका महाराज आज युवाहरुको प्रेरणाको रुपमा स्थापित हुन सफल भएका छन् ।

विश्वभरिका हिन्दूहरुको पवित्र एवं प्रमुख संस्था अखिल भारतीय संत समितिले समेत महाराजलाई नेपालको राष्ट्रिय अध्यक्षमा चयन गरेको छ ।

अखण्ड राष्ट्र र नेपालीको पहिचानका निमित्त कार्य गर्दै आएका संतोषानंद जी महाराजको लक्ष्य पूरा होस् भनी प्रिंसटन मोडेल एकेडमी परिवार कामना गरेको छ ।

पिंसटन एकेडमीका प्रिन्सिपल एवं कार्यकारी निर्देशक विनोद यादवले उनको सु–स्वास्थ्य र प्रगतिको कामना समेत गरेका छन् ।

कार्यक्रममा प्रिंसटन मोडेल एकेडमीका निर्देशक हरेन्द्र कुशवाहा, हिन्दू परिषद नेपालका केन्द्रीय प्रवक्ता सुरेश साह कानू, केन्द्रीय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, संजय अग्रवाल, अधिवक्ता विनोद कुर्मी, सल्लहकार बाँके बिहारी प्रसाद, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, वीरगंज नगर अध्यक्ष प्रमोद सिंहसहित कलेजका शिक्षक एवं विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम शिक्षक राहुल यादवले संचालन गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds