2024-05-07

Close

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मुलुकमा कानुनी राज्यको अनुभूति नभएको भन्दै सरकारको आलोचना गरेका छन् । शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत निहारिका राजपुतलाई भेटेर फर्किएपछि शाहले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका हुन् ।
उनले न्यायको खोजीमा रहेकी आमाले जल्न तयार हुनुपर्ने ? भन्दै राज्यलाई प्रश्न गरेका छन् ? उनले कानुनीराज्यमा यस्तो अत्याचार नहुने भन्दै आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन ।’

१७ वर्षको उमेरमा आफूलाई बलात्कार गर्ने जनकपुरका शिवराज श्रेष्ठलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, बलात्कारको क्रममा गर्भ रहेपछि जन्मिएको बच्चा र श्रेष्ठको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका तीन वर्षदेखि आन्दोलित छिन् ।
गत ३ असारमा सरकारले उनीसँग पाँचबुँदे सहमति गरेको थियो । सो सहमति कार्यान्वयन नभएको भन्दै पुनः आमरण अनशनमा बसेकी निहारिकाले हिजो राष्ट्रपतिनिवासअगाडि आफैँलाई जलाएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds