2024-04-25

Close

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन्।
मंगलबार जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने जानकारी कार्यकर्ताहरुलाई दिए । केही सिटमा भने तालमेल हुन सक्ने अध्यक्ष राउतले जनाए।

‘राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन गरेर जाँदैनौं।’ प्रशिक्षणमा डा.राउतले भने,‘केही सिटमा तालमेलको सम्भावना छ। कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौं। कुनै क्षेत्रमा मिलाएर उम्मेदवारी दिइन सकिनेछ।’

अध्यक्ष राउतले जनमत पार्टीले तराई–मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा समेत उम्मेदवारी दिने बताए। पाँच दलीय वा आठ दलीय गठबन्धन भएपनि एक्लै चुनाव लड्नका लागि तयारी गर्न अध्यक्ष राउतले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन लिए।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका नेता बीपी साहले मधेश केन्द्रीत शक्तिहरुबीच गठबन्धनको प्रयास भएपनि जसपा र लोसपाहरु मधेशीलाई छोडेर अन्य कितामा उभिन खोजेको आरोप लगाए ।

‘हाम्रो पार्टी मधेशको मूल पार्टी हो। हामी मधेश र मधेशको मुद्दाप्रति जिम्मेवार छौैं। त्यसैले हाम्रो पार्टीका अध्यक्ष डा.सीके राउतले जसपा र लोसपाका अध्यक्षहरुलाई भेटेर मधेशकै मुद्दामा कायम रहन आग्रह गर्नु भयो। तर उहाँहरु अन्य पार्टीको पछाडि लाग्नु भयो।’ नेता साहले भने,‘जसपा र लोसपालाई मधेश र मधेशीप्रति माया मोह छ भने मधेशमा उहाँहरुसँग तालमेल गर्न तयार छौं।’

नेता साहले जनमत पार्टी एक्लै चुनाव लड्न सक्षम रहेको र वडा स्तरमा शसक्त रुपमा तयारी भइरहेको जानकारी दिए।

‘हामी एक्लै चुनावमा उठेर पनि धेरै सिट जित्न सक्छौं। जनमत पार्टीप्रति स्थानीय चुनावको भन्दा फरक लहर गाउँघरमा उठिरहेको छ।’नेता साहले भने,‘विपक्षीहरु जति दलीय गठबन्धन गरे पनि जनमतले राम्रो सिट ल्याउनेछ।’

नेता साहले पार्टी बाहिरबाट पनि कोही उम्मेदवार बन्न चाहेको खण्डमा आफूहरु खुल्ला रहेको जानकारी दिए ।

‘राम्रो छवी भएको, जनाधार राम्रो भएको कोही व्यक्तिले हाम्रो पार्टीबाट चुनाव लड्न चाहेको छ भने उहाँहरुलाई स्वागत गर्न हामी तयार छौं।’ नेता साहले भने,‘जनमत पार्टीको मुख्य उदेश्य नै सक्षम र इमानदार व्यक्ति सदनमा गएर देशमा आमूल परिवर्तन ल्याउनु हो।’

प्रशिक्षणमा धनुषा जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरु सहभागि थिए। जनमत पार्टीले आगामी चुनाव केन्द्रीत मधेशका प्रत्येक जिल्लामा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds