2024-04-25

Close

राजविराज । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर २ (ख) बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का स्वक्ष छवि ईमानदार परिचय र स्पष्ट वक्ता युवा नेता डा.शरदसिंह यादव उम्मेदवारमा सिफारिस भएका छन् ।

प्रदेशसभा सदस्यमा यादवसहित ५ जनाको नाम सिफारिस गरिएको हो । यादव सँगै शैलेश कुमार चौधरी, विनोद कुमार, शम्भु प्रसाद यादव र राजकुमार लाला दासको नाम सिफारिस गरिएको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए ।

बृहत विकासको लागि एउटा रोड म्याप तैयार गरेर समाज सेवामै आफनो समय व्यतीत गर्ने डा. यादवको योजना छ ।
डा. यादवको बुवा योगेन्द्र प्रसाद यादव राजनीतिमै लागेका थिए । तत्कालिन सद्भावना पार्टीका जिल्ला अध्यक्ष समेत रहेका उनको २०६२÷०६३ को आन्दोलको क्रममा हृदयघातबाट निधन भएको थियो । बुवा योगेन्द्रले जनतालाई देखाएको सपना पुरा गर्ने समय आई सकेकोले चुनाव जितेपछि भ्रष्टाचार विरुद्ध लडेर सुशासन कायम गराउने तर्फ अग्रसर हुने बताए । उनले भने जनताले एकपटक मौका दिए विकास गरेर परिवर्तन भएको जनतालाई महसुस गराउने छु ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds