2024-04-18

Close

जनकपुरधाम । प्रेस मञ्च नेपालको धनुषा जिल्ला अध्यक्षमा सर्वसम्मतबाट पुनः अर्जुन मण्डललाई चयन गरेको छ ।
मञ्चको शुक्रवार भएको प्रथम जिल्ला अधिवेशनबाट १७ सदस्यीय कार्य समिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा पत्रकार बिरेन्द्र साह, महिला उपाध्यक्षमा आरती मंडल, सचिवमा आमिन राईन, सहसचिबमा बिशाल दुबे र संतोष कुमार यादबलाई सर्वसम्मतिबाट चयन गरिएको छ । त्यस्तै सदस्य पदमा अयुब हुसैन, तनबीर राईन, सुमित कुमार सिंह, संतोष झा, आरती कुमारी साह, प्रिया कर्ण, धर्मेन्द्र सहनी, धिरज कर्ण, शिवम ईश्वर, निशान्त कुमार ओझा रहेका छन ।

अर्जुन मण्डलको अध्यक्षतामा भएको पहिलो जिल्ला अधिवेशनका प्रमुख अतिथि प्रदेश साँसद रामअशिष यादवले पत्रकरकै कलमको कारण मुलुकमा परिवर्तन हुँदै आएकोले सत्यतथ्य समाचार जनता सामु पुर्याउन सबैमा आग्रह गरेका छन् । उहाँले पत्रकारको कलम स्वतन्त्र हुनुपर्छ, सरकार वा पार्टीको नाकारात्मक पक्षको आलोचना सधैं गर्नुपर्ने र राम्रो पक्षलाई उजगार गर्नुपर्ने बताउनु भएको छ ।

पत्रकारिता जनताको दर्पन हुन्छ, चौथो अंगको रुपमा पत्रकारितालाई जनताले मानने गरिन्छ, त्यसैले जनताको हितमा र निर्भिक, निष्पक्ष र तटष्ट भई आफ्नो कलमलाई निरन्तरता दिन सबैमा उहाँले आग्रह समेत गर्नु भयो ।
उद्घाटन सत्रमा मञ्चका केन्द्रिय उपाध्यक्ष आतिश मिश्र, मिडिया काउन्सिलका सदस्य कैलास दास, चलचित्र प्रबद्र्धन बोर्डका सदस्य अशोक दत्त, पुष्पा यादव, प्रदेश संयोजक मुकेश ठाकुर, जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, प्रेस चौतारीका धनुषा अध्यक्ष अवधेश कामत सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds