2022-11-26

Close

नरेशचन्द्र बरबरिया, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा शहिदनगर व्यापार संघको कार्यालय भव्यताका साथ उदघाटन सम्पन्न गरेका छन । व्यवसायीहरुले आफ्नो हित र सुरक्षालाई दृष्टिगत गर्दै व्यापारी तथा व्यवसायीहरु एकजुट भएका छन् । मंगलबार यदुकाहा बजारमा शहिदनगर व्यापार संघ गठन गर्दै औपचारिकरुपमा उद्घाटन गरेका छन् । राजदेव प्रसाद साहको अध्यक्षतामा २१ सदस्यीय शहिदनगर व्यापार संघ गठन गरेका हुन् । सो संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद मण्डल, उपाध्यक्षमा श्यामकुमार मण्डल, महासचिवमा रामईश्वर महतो, सचिवमा विजयकुमार साह र कोषाध्यक्षमा सुनितादेवी महतो सुडी छन् । त्यस्तै सदस्यहरुमा संजयकुमार यादव, जयशंकर साह, ललिताकुमारी प्रधान, रामकुमार महतो, धनिकलाल मण्डल, रामदेव महतो, बेचन मण्डल केवट, दिलिपकुमार मुखिया, राकेश प्रसाद मण्डल, जयप्रकाश यादव, मोकिम अंसारी, जितन मण्डल, सिकेन्द्र मण्डल खत्वे, गणेशकुमार चौधरी, ओमप्रकाश महथा रहेका छन् । संघका अध्यक्ष राजदेव प्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक बसन्त रजौरे, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक प्रकाश कुमार सुवेदी, शहिदनगर नगरपालिकाका उपमेयर सुनिता सिंह, पूर्व मेयर उदयकुमार बरबरिया, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, व्यापारी, बुद्धिजिवी, आमनागरिक, विद्यार्थी लागयतको सहभागी रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर