2024-04-20

Close

जनकपुरधाम । सरकारी कामकाज बाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडीको धनुषामा दुरुपयोग बढ्दै गएको छ ।

जनप्रतिनिधि र सरकारी कर्मचारीले आफूअनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेका छन् । विभिन्न मेला महोत्सव, घुमघाम र निजी काममा समेत सरकारी गाडी प्रयोग भइरहेका छन् । तर कुनै पनि निकायले गाडी दुरुपयोग भएको नियमन गरेको छैन ।

बिहीबार शहिदनगर नगरपालिकाकी उपप्रमुख सुनिता सिंह सरकारी गाडी लिएर घरायसी प्रयोजनको लागि सरसामान किनमेल गर्न मैथानपुर नाकामा पुगेका थिइन् । उपप्रमुख सिंहले चढ्दै आएको प्रदेश -२-०२-००१ झ ००६७ नम्बरको सरकारी गाडी प्रयोग गरी किनमेल गर्न नेपाल-भारत सिमानामा पुगेका थिइन् ।

कार्यालयको काममा मात्रै प्रयोग गर्नुपर्ने सरकारी गाडी लिएर उपप्रमुख सिंह आफ्नो श्रीमान् र छोरासहित घरायसी प्रयोजनको लागि सरसामान किनमेल गर्न विदेह नगरपालिका-१ स्थितमैनाथपुर नाकामा पुगेकी थिइन् । उपप्रमुख सिंह दशगजा नजिकै गाडी पार्किङ गरेर सरसामान लिन सिमापारी पुगिन् ।

सिमानापारीबाट फर्केपछि किनेको समानहरु गाडीमा लाद्न खोज्दा बिओपी मैनाथपुरबाट सिमाना खटिएका प्रहरीले गाडीमा समान राख्न नदिएपछि त्यो समानहरु टेम्पोमा राखेर गएको सशस्त्र प्रहरीले बताए । उपप्रमुख सिंहले ‘घरायसी प्रयोजनको सामग्री लिन सिमापारी जादैछौं’ भनेर सिमाना खटिएका सशस्त्र प्रहरीलाई भनेकाे बिओपी मैनाथपुरका सशस्त्र प्रहरी निरीक्षक गणेश पाण्डेले बताए । उनले भने, ‘सरकारी गाडीमा व्यक्तिगत सरसामान ढुवानी गर्न पाइदैन । हामीले त्यस्तो देखेपछि रोकेका हौं, गाडीमा सरसामान राख्न नदिएपछि उपप्रमुख सिंहले टेम्पोमा राखेर जानुभयाे।’

श्रीमान् र छोरासँगै गाडीमा घरायसी प्रयोजनको लागि सरसामान लिन सिमापारी गएका थियौं । तर हामीले किनेको समानहरु सरकारी गाडीमा नराखी टेम्पो भाडा गरी ल्याएको उनले भनिन् ‘सरकारले स्वंम सरकारी सम्पत्तिको दुरुपयोग गर्दैछन्, हामीले सानोतिनो दुरुपयोग मात्रै गरेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds