2023-01-28

Close

जनकपुरधाम । धनुषा क्षेत्र नम्वर २ का उम्मेदवार उमाशंकर अरगरियालाई जिताउन अन्य पार्टीका नेता कार्यकर्ताहरु धमाधम नेकपा एमालेमा प्रवेश गर्न थालेका छन् ।

०७४ मा तत्कालिन संघीय समाजवादी पार्टीबाट भारी मतका साथ जितेका अरगरिया यो पटक नेकपा एमालेबाट चुनावी मैदानमा उत्रेका छन् । उनी दलबलसहित एमालेमा प्रवेश गरेका थिए । अहिले पनि उनलाई समर्थन गर्न अन्य दलका नेता कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन् ।

बुधवार जनता समाजवादी पार्टी (जसपा) शहिदनगर नगरपालिकाका उपाध्यक्ष रामसुन्दर यादव (मास्टर साहेब) पनि एमालेमा प्रवेश गरे । यस्तै जनमत पार्टीका वडा सदस्य प्रत्यासी रेखा यादव पनि एमालेमा प्रवेश गरिन् । उम्मेदवार अरगरियालाई जिताउन एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । 

०७४ मा अरगरिया विजयी भएपछि धनुषा क्षेत्र नम्वर २ मा विकासले गति लिएको स्थानीय बताउँछन् । अरगरियाभन्दा पहिले जितेका नेताहरु केहि गर्न नसकेको र अहिले पुनः उम्मेदवार बनेर जनतालाई झूठो आश्वासन दिन थालेका छन् । त्यहाँका जनता भने अरगरियाको पक्षमा देखिन्छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर