2024-04-23

Close

पर्साको मुख्य नाका भनेर चिनिने वीरगंज भन्सार साथै इनर्वा, छपकैया, झौवा, अमरपर्टी लगाएतका नाकाहरबाट व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।पर्साको विभिन्न नाकाहरुवाट दैनिक करोडौ रुपैयाँ बराबरको राजस्व छली गरी छिमेकी मुलुक भारतको रक्सौल , पन्टोका , भेलाहीबजारहरुवाट बाट लत्ताकपडा , हाडयेवर, भैसी , रजनिगन्धा , राजनिवास लगाएतको समानहरुको व्यापक रुपमा तस्करी बढेको छ।
पर्सा जिल्ला खुला नाका भए पनि सामान ओसार पोसार गर्न सजिलो छैन। मुख्य नाका वीरगन्ज भन्सार भई अवैध सामान ल्याउँदा भन्सारको मुल गेटमा रहेको सशस्त्र प्रहरीको डियुटीले रकम असुली गरि तस्करीको लाईन छुट दिएको दृश्य तपाई हेर्न सक्नुहुन्छ । सशस्त्र प्रहरीको डियुटि पहिलो फेजमा हुने गर्छ साथै हरेक बोर्डर भएको ठाउँमा डिप्युटी २४ घण्टा हुने गरेको छ। सशस्त्र प्रहरीले सिमानाकामा कडाई गरेपछि घरयासी प्रयोजनको लागि ल्याउने सामानहरु सनेत बन्द हुने गरेको एक स्थानीयले बताए।तर अहिले सशस्त्र प्रहरीको सिमानाकामा डियुटी २४ घण्टा भएपनि तस्करी नरोक्नु शंकाको बिषय बनेको छ।
सिमानाकावाट दैनिक करोडौं रुपैयाको तस्करीको माध्यमले भित्राई वीरगंज विभिन्न ट्रान्सपोर्टहरुमा पुर्‍याउने गरेका छन।विभिन्न ट्रान्सपोर्टहरुको माध्यमवाट अवैधरुपले काठमाडौ जादै गरेको मालबाहक ट्रकहरु नियन्त्रण लिई पनि तस्करी रुकन सकेको छैन ।
वीरगंज भन्सार को बाटो भई आएको तस्करी को समान ले ट्रक हरु पूर्ण रुपमा भरिने छैन। अन्य नाका हरु बाट रातिको समयमा आएको तस्करी को समान ले त्यति ठूलो मात्रा मा पुग्ने गर्छ। जुन तस्करी का समान हरु वीरगंज को बजार मा आएर ट्रक मा लोड भएर पक्राउ हुने गर्छ आखिर किन त्यो समान बोर्डरमा पक्राउ हुँदैन किन ट्रान्सपोर्ट मा पुगेपछि मात्र पक्राउ हुन्छ।
त्यस्तै गरी वीरगंज भन्सार को बाटो भई लत्ताकपडा , किराना सामग्री, हार्डवेयर, कस्मेटिक सामग्री, जूता जस्ता वस्तु को तस्करी बढेको छ।दिन को समय र बेलुका को समय मा भने अटो मा कपड़ा हालेर मुख्य वीरगंज भन्सार को बाटो भएर विर्ता मन्दिर हुँदै महावीर स्थान , माइस्थान ,र बजार को अन्य ठाउँमा पुर्याउने गरेका छन्।
छपकैया को बाटो भएर कपड़ा , काजु , खजुर लगायत अन्य सामग्री काे तस्करी दिन होस् या रात प्रत्येक दिन हुने गरेको छ कहिले काही चेकिङ आउँदा तस्करी रोकिने गरिन्छ। दिनमा छपकैया को बाटो भएर ल्याइएको तस्करी को समान आदर्शनगर मा रहेको जैन भवन निर रहेको खुला ठाउँमा अटो बाट ल्याइन्छ र यहाँ ठेला मा हालेर ट्रान्सपोर्ट सम्म पुर्याउने गरेका छन्।
त्यस्तै गरी इनर्वा को बाटो भएर डेरी मिल्क चकलेट, किराना समान, बुनिया को दाना, तेल , फलफूल, र सजावट मा प्रयोग हुने फूल को समेत तस्करी बढेको प्राय दिन सबैले हेर्ने गरेका छन।
यस विषयमा सम्बन्धित निकायको ध्यान जान अति आवश्यक बुझिन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds