2025-02-12

Close

अजय मिश्र, कृष्णनगर, माघ १ गते । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज जीवनको चाहना योग शिक्षा र साधना भन्ने नाराका साथ राष्ट्रीय योग दिवस मनाइएको छ ।

कृष्णनगर नगरपालिका अन्तर्गत संचालित नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखा) को आयोजनामा सरसफाई तथा योगाभ्यास गरि मनाएको छ ।

नगरका प्रत्येक नागरिक लाई योग अपरिहार्यता को बोध गराउन, सबैलाई योगमय गराइ स्वास्थ्य जीवनको परिकल्पना लाई साकार पार्ने, दिर्घकालिन रोगको नियन्त्रण गर्ने प्रमुख उदेश्यका साथ राष्ट्रीय योग दिवस कृष्णनगरमा मनाइएको जानकारी नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर प्रमुख कविराज नागेश्वर मिश्रले दिए ।

विहान ६:३० देखि ७:३० सम्म योग शिविर संचालन गरि त्यस पछि कृष्णनगर बजारमा सरसफाई गरि कृष्णनगरको मुटु मनेर चिनिने गोलघर चोकमा सभा आयोजना गरि कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष कृष्ण कुमार गुप्ता, राहुल मोदनवाल, नारायण कनोडिया, पुष्कर गुप्ता, प्रवेज पाठक, विनय गिरि, चन्द्रभान पाण्डेय, सुरेन्द्र प्रसाद शुक्ल, लगायत जनप्रतिनिधि, समाजसेवी, शिक्षक, बुद्धिजीवी,शिक्षाप्रेमी, नेपाल प्रहरी, सशस्त्र प्रहरी पत्रकार लगायतको उपस्थितमा कार्यक्रम सभ्य र भव्य रूपमा सफल गरिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर