2024-04-25

Close

जनकपुरधाम । प्रहरीको सीआईडी हौं भन्दै लुटपाट गर्ने गिरोहका ६ जना महोत्तरीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दिबास नगरपालिका १४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं. १२ चल्की टोलका शैलेन्द्र राउत, र जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका १९ वर्षीय दीपक राउत छन् ।

उनीहरुलाई बुधबार प्रहरीले लुटपाटको सामानसहित बर्दिबासबाट नियन्त्रणमा लिएको हो । बर्दिबास प्रहरीका प्रहरी नायव निरीक्षक रवि रावलका अनुसार उनीहरुले प्रहरीको सीआईडी हुँ भन्दै गत पुस २८ गते अपराह्न सर्लाही हरिवन नगरपालिकाका राहुल महतोलाई नियन्त्रणमा लिई बर्दिबास ४ स्थित चेरुको जङ्गलमा लगेर लुटपाट गरेका थिए ।

महतोको साथमा रहेका ७५ हजार नगद, चाँदीको ब्रासलेट, लेन्ससहितको नेकोन एएफएस क्यामेरा, ३ थान मोबाइलसमेत लुटेको प्रहरीले जनाएको छ । उनीहरुले लुटपाटपछि सीआईडी भन्दै धम्काएका थिए ।

महतोले दिएको उजुरी दिएपछि हुलियाको आधारमा ६ जनालाई पक्राउ गर्न सफल भएको हो । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds