2024-04-25

Close

आइतबार, माघ
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामा कार्यरत कर्मचारीहरु बिचौलीयाकै माध्यमले चल्न थालेपछि मुद्दा शाखा कमाई खाने थल्लोको रुपमा रुपान्तरण भएको रहस्य बाहिरिएको छ । आम नागरिकहरुको सुरक्षा ग्यारेन्टी गर्ने नेपाल प्रहरीकै मुद्दा शाखामा बिचौलीयाहरु हावी हुन थालेपछि कमाई खाने थल्लोको रुपमा मुद्दा शाखालाई प्रयोग गर्न थालिएको रहस्य बाहिरिएको हो ।

विभिन्न मुद्दाका अपराधीहरुलाई उन्मुक्ति दिलाउनको निम्ति विचौलीयाहरुले मुद्दा शाखामा कार्यरत रहेका सई हनुमान यादवले आर्थिक प्रलोभनमा परी मुद्दाबाट उन्मुक्ति दिलाउन सफल भएको प्रहरी श्रोतले नै जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको मुदा शाखामा पहिला पनि आई यस्तै गतिविधि गरेका कारण यहाँबाट उनको सरुवा गरिएको थियो । त्यस पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा आई नयाँ प्रहरी प्रमुख आउनु भन्दा केही दिन अगाडि रकमी चलखेल गरी जिल्ला प्रहरी कार्यालय पर्साको मुुदा शाखामा यादव छिर्न सफल भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रांगनमा सेवाग्राही भन्दापनि बिचौलीयाको बिगबिगी बढेको बारे प्रहरी श्रोतले जानकारी दिएको हो । उनका अनुसार लागु औषध मुद्दादेखी ठगी मुद्दामा समेत फसेकाहरुलाई बिचौलीयाको माध्यमले नै सई यादवले मिलाउने काम मात्र गरिरहेको एक जना प्रहरीले जानकारी दिएका छन् । नेपाली नागरिकको सुरक्षा ग्यारेन्टी गर्ने नेपाल प्रहरी जस्तो पवित्र संगठनलाई सई यादव र बिचौलीयाहरुले नै बदनाम गर्न आतुर भएको देखिन थालिएको छ । विभिन्न मुद्दामा पक्राउ परेका आरोपित तथा अपराधीहरुलाई उन्मुक्ति गराउनको निम्ति सई यादव र बिचौलीयाहरुले पिडित तथा अपराधीहरुको आफन्त संग रकमको मांग गर्ने गरेको र रकम लिए पश्चात मुद्दा शाखामा धाउने गरेको दुखेसो मुद्दा शाखाकै एक कर्मचारीले आफ्नो नाम उजागर नगर्ने सर्तमा बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रूपमा कोमल साह नयाँ आएको फाइदा उठाउदै विभिन्न मुद्दामा फसेकाहरुलाई सफाई समेत दिलाउन सई यादव र बिचौलीयाहरु सफल समेत भएको उनले बताए । बिचौलीयाहरुले कतिपय अपराधीलाई छुटाउन सफल भएका छन भने २ (दुई) जनालाई हालपनि सिफारिस बारे धाइरहेको उनले दावी गरेका छन् । एक जना अर्का प्रहरी श्रोतका अनुसार प्रहरीलाई नै कमाई खाने माध्यम बनाएको बारे उनले जिकिर गरे ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका कर्मचारीहरुसंग राम्रो सम्बन्ध बनाएर व्यापारीलाई समेत ठग्ने काम भएको बताएका छन् । सीमाबाट हुने अवैध कृयाकलापका साथै भन्सार छलेर ल्याउने व्यपारीहरुको गोदाममा पुगि बार्गेनिङ गर्ने गरेको र नदिए प्रहरीलाई नै प्रयोग गरी छापामारी समेत बिचौलीयाले नै गर्ने गराउने गरेको उनले बताए ।रकमकै आधारमा आश्रीत रहेका केही पुराना कर्मचारीहरु समेत यस्ता घटनाहरुमा संलग्न हुने गरेको समेत उनले जिकिर गरेका छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कोमल साहले आफुलाई कुनै किसिमको दबाब अथवा कुनै किसिमको आर्थिक प्रलोभन हालसम्म नआएको बताउनु भयो । उनले आफ्नो संगठनको नीति निर्देशन विपरीत गई कुनै किसिमको कार्य नगरेको समेत बताउनु भयो । उहाले यस विषयमा अनुसन्धान गरी त्यस्ता गतिविधिमा संलग्न हुने प्रहरीलाई समेत कारवाही गर्ने बताउनु भयो । उहाले जिल्ला प्रहरी कार्यालय पर्सा भित्र विचौलीयाहरु हावी भएको विषयमा समेत आफुलाई केही जानकारी नभएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय पर्सा परिसर भित्र कुनै किसिमको बिचौलीयालाई प्रवेश निषेध नै गरिएको ठोकुवा गरेका छन् साथै यदि प्रहरी प्रशासनबाट यस्तो कुनै किसिमको गतिविधि भएको प्रमाण पाइयो भने निलम्बन सम्मको कार्वाही गरिने उहाँले बताउनु भयो ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds