2024-04-26

Close

रौतहट, १८ माघ । गाई र भैँसीको बोसो प्रयोग गरी घ्यू बनाएर बिक्री गर्दै आएका दूध डेरी पसलमा रौतहट प्रहरीले मंगलवार छापामारी गरेको छ ।

रौतहट जिल्लाको गौर नगरपालिका– ५ स्थित विगत ४ वर्ष देखि सञ्चालनमा रहेको फूलतारा डेरी उद्योगमा नेपाल प्रहरी र जिल्ला प्रसाशन कार्यालयको टोलीले छापामारी गरेको हो । खाद्य वस्तुमा अखाद्य पदार्थ मिसावट गरी दूध ,दही , घ्यू , मिठाई बिक्री वितरण गरिरहेको प्राप्त भएको सूचनाको आधारमा प्रहरीले उक्त डेरी उद्योगमा छापामारी गरी पसल सील गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । डेरी उद्योगमा छापामारी गर्ने क्रममा भारतबाट ल्याइ राखेका १० क्विन्टल बोसो तथा केमिकल बरामद भएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिएका छन् । रौतहट जिल्लाको राजपुर नगरपालिका– १ पिपरा भगवानपुरका शेख अली महम्मदको छोरा ३० वर्षीय मोहम्मद मतीउल्लाहले सञ्चालन गर्दै आएको डेरीमा भैंसीको बोसोबाट केमिकल प्रयोग गरी घ्यू , मिठाई , केकलगायतका खाद्य सामग्री तयार गरी बिक्री गर्दै आएकोमा प्रहरीले खाने सामग्री तयार पार्दै गरेको अवस्थामा छापामारी गरेको जनाइएको छ ।
हिन्दूहरुको धर्म नाश गर्ने उद्देश्यले उद्योग सञ्चालकले पशुको बोसो प्रयोग गरी दूध , दही घ्यू बनाएर बिक्री गरेर सनातन धर्मसंग खेलवाड गर्ने कार्य गरेकोले संचालकमाथि कड़ा कारबाही गर्नुपर्ने स्थानीयहरुले माग गरेका छन् । उद्योग सञ्चालक मो. मतीउल्लाहसहित २ जना काम गर्ने कामदार र एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानको कार्य अघि बढ़ाइएको प्रहरी उपरीक्षक वीर बहादुर बूढामगरले बताए । रौतहट जिल्लामा रहेका विभिन्न बाजारहरुमा नियमित रुपमा अनुगमन गर्ने कार्य नहुँदा यस्तो विकृत्ति बढेको हो । बरामद भएको अखाद्य वस्तुलाई परीक्षण गरी कानूनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds