2024-04-25

Close

जनकपुरधाम  । धनुषाको शहिदनगर नगरपालिकाको शिक्षा तर्फ नैतिक विवाद सुरु भएको छ । वडा नम्बर ३ स्थित रहेको जनता इकाई माध्यमिक विद्यालयमा स्थगित गरिएको भनिएको अभिभावक भेलाको पत्रलाई नै रद्द गरिएको छ ।

शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी र शिक्षा शाखा प्रमुख विश्वनाथ यादवद्धारा जारी गरिएको पत्रमा विद्यालयले जारी गरेको बैठक स्थगनको पत्रमा उल्लेख चलानी नम्बर नै अधिकारिक नरहेको खुलाएको छ ।

नगरपालिकाको नक्कली लेटरप्याड प्रयोग गरी लेटरप्याड दुरुपयोग गरी विद्यालय व्यवस्थापन समिति गठनको लागि २० गते बोलाइएको अभिभावक भेला स्थगितको सूचना निकालिएको भन्दै सो लेटरप्याड नै अधिकारिक नभएको स्पष्ट गरिएको छ ।

नगरपालिकाको लेटरप्याडमा चलानी नम्बर २ (क) उल्लेख गरिएकोमा सो चलानी नम्बर अधिकारिक नरहेको र नगरपालिकाको लेटरहेड दुरुपयोग गरी नक्कली लेटरप्याड जनाएको उल्लेख छ ।

यस अनुसार, विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको लागि अर्को सूचना निकाल्ने गरी कार्य अगाडी बढाउने भनिएको छ । पत्रानुसार, यसअघि पदबाट हटाइएका भनिएका शिक्षा शाखा प्रमुख विश्वनाथ यादव नै अधिकारिक शाखा प्रमुख रहेको स्पष्ट गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds