जनकपुरधाम । भ्रष्टाचार नियन्त्रणको लागि सरकारको संवैद्यानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निबन्ध प्रतियोगितामा जनकपुरको मोनाष्टिक स्कूलले प्रथम स्थान ल्याएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय बर्दिवासले “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन” विषयक निबन्ध प्रतियोगितामा ८२ वटा निबन्ध प्राप्त भएकोमा जनकपुरको मोनाष्टिक स्कूलका छात्रले प्रथम स्थान हाँसिल गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औ स्थापना दिवसको अवसरमा आयोजित मधेस प्रदेश स्तरीय माध्यमिक बिधालय स्तरीय निबन्ध प्रतियोगितामा मोनाष्टिक कलेजमा कक्षा ११ मा ल (कानुन) पढने विद्यार्थी दिवेश कुमार महतोले प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् । उनलाई अख्तियारको बर्दिवासस्थित कार्यालयले १२ हजार नगद रुपैयाँ प्रदान गरेको हो ।
यस्तै, सिन्धुली जिल्लास्थित रहेको सिद्धस्थली ईङगलिस बोर्डिङग हाईस्कूल दोस्रो स्थान तथा सर्लाहीको ग्रीन लैण्ड स्कूलले तृतिय स्थान प्राप्त गरेको छ । सो विद्यालयका विद्यार्थीहरु क्रमशः दिवस कुमार थापा र मिताली कुमारी झाले क्रमशः ९ हजार र ७५०० रुपैयाँ पुरस्कार पाएका हुन् ।