2024-04-23

Close

जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद मधेश प्रदेश कार्यालयको निर्देशकको रुपमा अरबिन्द कुमार चौधरी हाजिर भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद बागमती प्रदेश कार्यालय हेटौंडाबाट सरुवा भएर आएका चौधरी सोमबार जनकपुरधामस्थित परिषदको कार्यालयमा हाजिर भएका हुन् ।

चौधरीलाई बागमती प्रदेश कार्यालय हेटौंडाबाट गत माघ २३ गते परिषदको मधेश प्रदेश कार्यालयमा सरुवा गरिएपनि सदस्य सचिव स्तरीय निर्णय अनुसार माघ २५ गते परिषदको सिटिभीइटी नीति निर्माण सम्बन्धी काममा परिषदका सदस्य सचिवलाई सहयोग पुर्याउन २६ गतेदेखि लागुहुने गरी १ महिनाको लागि परिषदको केन्द्रीय कार्यालय तानिएको थियो ।

एक महिना नबित्दै उनलाई पुनः फागुन १४ गते परिषदको मधेश प्रदेश कार्यालयमा काजफिर्ता पठाइएको छ । चौधरीको पदाधिकार साविक बमोजिम राखी अर्को निर्णय नभएसम्मका लागि प्रदेश कार्यालयको निर्देशकको कामकाज गर्ने गरी काज फिर्ता गरिएको छ ।

यससँगै चौधरी सोमबार दिउँसो कार्यालयमा हाजिर भएका हुन् । कार्यालयका उप-निर्देशक राजकुमार चौधरी र कर्मचारीहरुको उपस्थितिमा उनले कार्यालय प्रमुखको कार्यभार सम्हालेका छन् ।

कार्यालयमा हाजिर भएपछि चौधरीले कार्यालयको सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताए । नियमानुसार महसुस हुने गरी सेवा दिन निर्देशक चौधरीले कर्मचारीहरुलाई पनि निर्देशन दिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds