2024-04-27

Close

रौतहट । रौतहटको गरुडा नगरपालिकाको झाँझपुल स्थित रहेको रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरको चरम लापरवाहीका कारण मंगलवार राति एकजना नवजात शिशुको मृत्यु भएको छ ।

अस्पतालका डाक्टरको लापरवाहीले गर्दा उपचार गराउन गएका जिल्लाको कटहरिया नगरपालिका–१ का लक्षुमण राय यादव र सरिता यादवकी नवजात शिशुको मृत्यु भएको हो ।

मंगलवार राति सुत्केरी व्यथा लागेपछि लक्षुमण यादवले आफना श्रीमति सरिता यादवलाई सुत्केरी गराउन घर नजिकै कटहरियामा रहेको सरकारी अस्पतालमा लगेका थिए । सो अस्पतालमा सरिताले सामान्य अवस्थामै छोरा जन्माएकी थिइन । सरिताले सामान्य अवस्थामा बच्चा जन्माएपनि जन्म लिएको केहि बेरमा उनको छोराको स्वास्थ्यमा समस्या देखिएको थियो ।

बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि कटहरिया अस्पतालमा उपचार सम्भव नहुँदा लक्षुमण यादवले छोराको उपचार गराउन गरुडाको झाँझपुलमा रहेको रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरमा ल्याएका थिए ।

तर उपचारको क्रममा अस्पतालको एन.आइ.सियु कक्षमा मंगलवार राति १० बजेको समयमा छोराको मृत्यु भएको लक्षुमण यादवले बताएका छन् ।

सो अस्पतालका चिकित्सक र डाक्टरले उपचारमा चरम लापरवाही गरेको कारण आफना छोराको ज्यान गएको पीडित परिवारले आरोप लगाएका छन् ।

एन.आइ.सियु कक्षमा राखेर उपचार शुरु गरेको ३ घण्टामै छोराको मृत्यु भएपनि अस्पतालका सञ्चालकले २४ घण्टाको शुल्क दिनका लागि अनावश्यक दबाब दिएको पीडित यादवले बताए ।

डाक्टरले एन.आइ.सियुको २४ घण्टाको शुल्क लिनका लागि लामो समयसम्म बच्चालाई एन.आइ.सियुमा राखेको र उपचारमा सावधानी नअपनाई लापरवाही गर्दा उपचार नपाएर छोराको मृत्यु भएको पीडित यादवको भनाई छ ।

डाक्टरको लापरवाहीले छोराको मृत्यु भएको भन्दै पीडित परिवारले उपचारमा लापरवाही गर्ने चिकित्सक तथा डाक्टरलाई कार्यवाही र क्षतिपुर्तिको माग गरेका छन् । अस्पतालले क्षतिपुर्ति नदिए कानुनी बाटो अपनाउने समेत पीडितले बताए ।

यता मलमुत्र खाएको अवस्थामा उपचार गराउन ल्याएका उक्त नवजात शिशुलाई आफुहरु सक्दो बच्चाउने प्रयास गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

रौतहट ग्राण्डी हस्पिटलले स्वास्थ्य जस्तो संबवदनशील विषयमा चरम लापरवाही गरेपनि सम्बन्धित निकायले कुनै कारवाही नथालेको स्थानीयहरुले जनाएका छन् ।

अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु भएको आरोप लागेपछि यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डएसपी) छेदीलाल कामतीलाई सोध्दा आफुलाई यसबारे केही थाहा नभएको जवाफ दिएका छन् ।

एन.आइ.सियु लगाएत विभिन्न सेवा शुल्कको नाममा ग्राण्डी हस्पिटलले सर्वसाधारण नागरिकलाई ठग्ने गरेको पाइएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रका जिम्मेवार संस्था नै गैरजिम्मेवार बनेर सेवाको नाममा व्यापार गर्नु सर्वसाधरणमाथिको लुट हो । त्यसैले विरामी लुट्ने यस्ता अस्पताललाई कानुनी दायरामा ल्याउन आवश्यक छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds