2024-04-26

Close

श्याम गुप्ता
बारा । वागमती यूवाक्लब विरुद्ध ३–० को सहज जित निकाल्दै बिरगंज यूनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
बिरगंजको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमती विरुद्ध दोश्रो हाफमा वीरगञ्ज हावी भयो । बागमती विरुद्ध खेलको ५४ औं मिनेंटमा विवेक चौधरीले अग्रता लिए । वागमतीका गोल रक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगञ्जका विवेक चौधरीले खाता खोले । डि–बक्स् एरिया छाडेर अघि बढेका गोल रक्षकलाई विट गर्दै विवेकले बललाई डि–बक्स् एरिया बाहिरै बाट गोल पोष्टको दिशा दिएका थिए ।
१–० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले अग्रता दोब्बर पारेका थिए । खेलको ५६ औं मिनेंटमा विवेक चौधरीको क्रस बललाई कृपाले गोलमा परिणत गरे । खेल अवधि भर नैं विवेक र कृपाको तालमेल उत्कृष्ट देखिएको थियो ।
खेलको ८४ औं मिनेंटमा विवेकले व्यक्तिगत दोश्रो गोल गर्दै वीरगञ्जलाई ३–० को फराकिलो अग्रता दिलाए । कृपा चौधरीले पेनाल्टी एरियाबाट दिएको व्याक पासलाई विवेकले डि–बक्स् एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए ।
बी डिभीजन क्लब बीरगञ्ज सामु निरहि देखिएको बागमतीले खेलमा सम्झन लायक अवसर बनाउन सकेन । यद्यपी बागमतीका गोल रक्षक प्रम्जय गच्छदारले भने वीरगञ्जका उत्कृष्ट प्रहार बचाउ गरेका थिए ।
खेलको आठौं मिनेंटमा कृपा चौधरीको उत्कृष्ट प्रहार वागमतीका गोल रक्षकले विफल पारेका थिए । २६ औं मिनेंटमा विवेक चौधरीले वन भर्सेस वनको अवसर गुमाए । कृपाको क्रसमा विवेक सम्हालिन नसक्दा वागमतीका गोल रक्षक गच्छदारले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको ३४ औं मिनेंटमा कृपा चौधरीको प्रहार वागमतीका आफ्रिकी डिफेण्डर मौसाले गोल लाइनबाट क्लिएर गरेका थिए । किपर समेत विट भइसकेको अवस्थामा वीरगञ्जका कृपाको प्रहार विफल भयो । त्यस लगतै खेलको ३८ औं मिनेंटमा सागर चौधरीको क्रसमा विवेक चौधरी डिबक्स भित्रबाट गरेको सशक्त प्रहार वागमतीका गोल रक्षकले विफल पारेका थिए ।
वीरगञ्जको जितमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दिम्याच घोषित भए । उनले १० हजार नगद र ट्रफि हात पारे । प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाइनल खेलमा शनिबार केविए ग्लोबल भरतपुर फुटबल क्लब र मकवानपुर ११ विच प्रतिष्पर्धा हुँने आयोजकले जनाएको छ । भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds