2024-04-25

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक सुत्केरी महिलाको ज्यान गएको छ ।

सो स्वास्थ्यकेन्द्रमा कार्यरत नर्स किरण मण्डलको लापरवाहीले सुत्केरीको मृत्यू भएको परिवारजनले आरोप लगाएका छन् । गत बैशाख ६ गते प्रसुति गराउन गएकी शहिदनगर नगरपालिका वडा नं. ४ महुलिया बस्ने सितेश मुखियाकी २८ बर्षिय श्रीमति पूजा मुखियालाई प्रसुति हुँदा अत्यधिक रक्तश्राव सुरु भएको थियो ।

रक्तश्राव भएपनि नर्स किरण मण्डलले उनलाई घर पठाएपछि तीनदिनपछि शुक्रबार विहान उनको ज्यान गएको हो । नर्स मण्डलले समान्य रक्तश्राव मात्र रहेको भन्दै उनलाई घर पठाएको आरोप परिवारजनले लगाएका छन् ।

पूजाले बच्चालाई जन्म दिएपनि उनी आफैँ भने बाच्न सकिनन् । प्रसुति भए लगत्तै उनलाई रक्तश्राव (बिलिडिँग) सुरु भएको थियो । नर्स मण्डलले रक्तश्राव नरोकिँदै हतार हतारमा पूजालाई जबरदस्ती डिस्चार्ज गरी घर पठाउँदा उनको मृत्यू भएको हो ।

नर्स र स्वास्थ्यकर्मीको लापरवाहीले मुखियाको मृत्यू भएको परिवारजनको आरोप छ । यता, परिवारजनले सो घटनालाई नगरपालिकाले नै दबाउन खोजेको आरोप लगाएका छन् । यसबारे प्रहरीलाई समेत जानकारी गराइएको जनाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds