2024-06-17

Close

वीरगंज १२ गते मंगलबार
पर्सा प्रहरीले वीरगंजको हरियाली रेष्टुरेन्टको अगाडीबाट ठुलो मात्रामा प्रतिबन्धित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रिपुरबाट प्रहरी निरीक्षक आशुतोष शाहीको कमाण्डमा खटिएको टोलीले वीरगंको बसपार्कमा रहेको हरियाली रेष्टुरेन्टको अगाडीबाट ना १ ज २०३७ नम्बरको टाटा सुमो रोकी चेकचाज गर्द गाडी बर्नटको दुबैपट्टीको भागमा कालो प्लास्टिकको झोलामा १४ पोका बनाई लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध फेनारगन १४०० एम्पुल,डाईजेल्याब १४०० एम्पुल र नुरफिन १४०० एम्पुल गरि जम्मा ४२०० एम्पुल र टाटा सुमो सहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।
लागुऔषध सहित पक्राउ पर्नेमा वीरगंज १६ बस्ने बर्ष २५ को बब्लु पाठकलाई पक्राउ गरि लागुऔषध सम्बन्धि कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds