2023-06-03

Close

वीरगंज २४ गते
पर्सा प्रहरीले सुन ,हिरा तथा विभिन्न किसिमको पत्थरहरु सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगंजको शंकरचार्या गेटबाट भारतबाट नेपाल तर्फ अवैध रुपले ल्याउदै गरेको सुन ,हिरा पत्थरहरु करिब २९ लाख ४४ हजार ६३३ रुपैया सहित भारतका हौडा जिल्लाका बुद्ध देव मैतीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगंजको शंकराचार्य गेटमा खटिएको प्रहरी टोलीले भारतबाट वीरगंज तर्फ ल्याउदै गरको बुद्धदेव मैतीलाई रुकी चेकजाँच गर्दा
निजले लगाएको गाढा निलो रङको ज्याकेटको गोजीमा लुकाई छिपाई राखिएको सुन जस्तो देखिने पहेलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, निलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम सहित मैतीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।
पक्राउ परेका सुन, हिरा र पत्थरहरु सहित मैतीलाई थप अनुसन्धानको लागि राजशव कार्यालय पथलैया बारामा बुझाएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर