2024-04-24

Close

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी उपरीक्षक कोमल साहको सक्रियतामा मुद्दा फाँटका एक जना वरिष्ठ सईसहित तीन जना प्रहरी घुस मागेको आरोपमा बुधबार देखि निलम्बनमा परेका छन् ।

चेक अनादर मुद्दामा घुस मागेको पाइएपछि मुद्दा फाँटका वरिष्ठ प्रहरी नायव निरीक्षक वसन्त भट्टराई , प्रहरी नायव निरीक्षक वजयमोद ठाकुर र प्रहरी जवान महेश महतो निलम्बनमा परेको पर्सा प्रहरी उपरीक्षक शाहले जनाएका छन् ।

स्रोतका अनुसार चेक अनादर मुद्दामा अदालतबाट जारी भइसकेको पक्राउ पुर्जी सम्बन्धित इलाका प्रहरी कार्यालय पोखरीयामा पठाउन मुद्दा फाँटका प्रहरीहरुले पीडित निवेदकसँग १ लाख रुपैयाँ घुस मागेका थिए ।

घुस मागेको कुरा सुन्न साथ एसपी साहले पीडित निवेदकसंग सम्पर्क गरी सक्रियता देखाई घुस माग्ने ३ जना प्रहरीलाई निलम्बन गर्न प्रक्रिया अगाडि बढाएका थिए ।

पर्साको पोखरिया नगरपालिका ७ निवासी निवेदकले मुद्दा फाँटका प्रहरीले घुस माग गरेको कुरा एसपी शाहलाई जानकारी गराएका थिए । जानकारी हुन साथ एसपी साहले पीडित लाई आफ्नो कार्यकक्षमा बोलाएका थिए गत आईतबार एसपीकै कार्यकक्षमा बसिरहेको समयमा मुद्दा फाँटका प्रहरीले मोबाइलमा फोन गरि पैसा लिएर प्रहरी कार्यालय परिसरभित्रै रहेको रुखनिर आउन भनेका थिए,’ नाम उल्लेख नगर्ने सर्तमा ती स्रोत भन्छन्, ‘प्रहरी जवानले घुसको पैसा लिएर आउन भनिरहँदा एसपी साहेब आफ्नो कार्यकक्षको झ्यालबाट ती प्रहरीलाई हेरिरहेका थिए ।’

रुखनिर उभिरहेका प्रहरी जवान महेश महतोलाई नियन्त्रणमा लिई अनुसन्धान थालिदै जाँदा अनुसन्धानको क्रममा मुद्दा फाँटका वरिष्ठ सई भट्टराई र सई ठाकुरको समेत संलग्नता देखिएपछि तीनै जनालाई बुधबार निलम्बन गरिएको एसपी शाहले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds