2024-05-02

Close

जनकपुरधाम । उखरमाउलो गर्मीले मधेशको जनजीवन प्रभावित बनेको छ । बजारमा मात्र होइन्, ग्रामिण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ । सबभन्दा बढी समस्यामा मजदुरहरु परेका छन् ।

केहि दिनदेखि मधेशका जिल्लाहरुको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तापक्रम अत्यधिक बढेपछि तातो हावा ९लू० चल्छ ।

विहान १०/११ बजेपछि घरबाट बाहिर निस्किनै मुस्किल हुन्छ । घरमा बस्दा विजुली आउनेर जाने समस्याले सर्वसधारण हैरान छन् ।

जनकपुरधाम बजार क्षेत्रका सडकहरु सुनसान छ । मानिसहरु घामबाट बच्न टाउकोमा गम्छा (लुगा) राखेर साइकलमा यात्रा गर्न बाध्य देखिन्छन् । सडक पेटीमा चप्पल जुत्ता मर्मत गर्ने, सतु बेच्ने, ठेलामा आँप बेच्नेहरु घामबाट जोगिन छाता ओढेको देखिन्छन् ।

जनकपुरधामको रामानन्द चौकमा जुत्ता चप्पल मर्मत गर्ने रामानन्द महराले यतिधेरै गर्मीमा काम गर्न निक्कै कठिन भएको सुनाए ।

अन्दाजी ४० वर्षीय उनले भने, ‘काम नगरे पेट कसरी चल्छ ? गर्मीले टाउको दुस्ख्छ, चक्कर आउँछ । तर पनि काम गर्नुपर्छ ।’

३५ वर्षीया सकुन्तला मुसहर नाला निर्माण कार्यमा खटेकी छन् । उनी ज्यानको प्रवाह नगरी दिनभर चर्को घाममा काम गर्छिन् । उनले भनिन्, ‘घरको मजबुरीले यस्तो अबस्थामा पनि काम गर्छु ।’

वर्षा नभएकाले यो वर्ष खपिनसक्नु गर्मी भएको सर्वसधारण बताउँछन् ।

‘वर्षा नभएर ज्यानमारा गर्मी भएको छ’, किसानहरु भन्छ, ‘खेतमा धानको ब्याड ‘बिउ’ सुक्न थाल्यो । खै, कहिले बर्षा हुन्छ !’

यो वर्ष खडेरी (रौदी) पर्ने जस्तो लागिरहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds