जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव जनताको जनप्रतिनिधि भएपनि पक्षपात गरेको पाईएको छ ।
मेयर यादव आफ्नो मनोमानी तरिकाले नगरपालिकाको श्रोत साधन जेसिवी र ट्राकटर प्रयोग गराएर नगर भित्र पर्ने वडा नं. ८ स्थित विसरभोरा टोलमा अनियमित तरिकाले माटोको काम गरेर रकमको दुरुपयोग गर्दै आइरहेको स्थानीय जनताको आरोप रहेको छ । मेयर यादवले आफ्नो आसेपासे कार्यकर्ताले आ-आफ्नो घरको अगाडिमा आफ्नो तर्फबाट आधा सडकमा मात्र माटोको काम गरेर बाटो बनाएपछि स्थानीय जनताको बिचल्ली भएको छ । जननिर्वाचित भएपछी आफू कुनै पार्टीको नरहेको दावी गर्दै आएला मेयर यादवले उक्त कामले प्रष्ट पारिदिएको छ स्थानीयहरुको भनाई रहेको छ ।