2024-05-02

Close

जनकपुरधाम । लामो समयदेखि वर्षा नभएपछि पानी माग्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दूध चढाइएको छ ।

आज दूध अर्पण कार्यक्रमको आयोजनागरी साधुसन्त र पूजारीले धनुष मन्दिरमा दूध अर्पण गरेका हुन् । मन्दिरमा दूध चढाउन आज स्थानीयले दूध संकलन गरेका थिए । ती सबै दूध मन्दिरमा चढाइएको छ ।

आकाशे वर्षा नभएकाले खडेरी पर्ने चिन्ताले सर्वसधारणलाई सताएको छ । किसान धान रोप्न पाएका छैनन् । मधेशको उत्तरी क्षेत्रको खानेपानीको हाहाकार भएको छ । हाते कल (चापाकल), पोखरी र इनारहरु समेत सुक्न थालेको छ ।

त्रेतायुगमा भगवान रामले माता सीतासँग विवाह गर्नका लागि धनुष तोडेका थिए । तोडिएको धनुषको एउटा टुक्रा आकाश, एउटा पाताल (धर्ती) र एउटा टुक्रा धनुषाधाममा खसेको धार्मिक विश्वास छ । अहिले पनि धनुषाधाममा धनुषाको टुक्रा देख्न सकिन्छ ।

भगवान रामले तोडेकै धनुषको टुक्राको अवशेष अहिले पनि रहेकाले त्यस ठाउँको नामाकरण धनुषाधाम गरिएको छ र त्यहाँ धनुष मन्दिर पनि निर्माण गरिएको छ । उक्त मन्दिरमा दूध अर्पण गरेपछि वर्षा हुने र खडेरी नपर्ने मान्यता छ । सोही मान्यताको आधारमा आज धनुष मन्दिरमा दूध चढाइएको स्थानीयले बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds