2024-05-02

Close

जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरको विवाहमण्डप (मडवा) मा अश्लिल भिडियो बनाउन लगाउने युवति पनि पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले युवतिलाई आईतबार पक्राउ गरेको हो । केही दिन अगाडी जानकी मन्दिरस्थित मडवामा संवेदनशिल अँगहरुमा स्पर्स गराउँदै अश्लिल भिडियो बनाएर टिकटोकमा सार्वजनिक गरेकी थिईन् । टिकटोकमा भाईरल हुनको लागि उनले गरेको हर्कतपछि धनुषा प्रहरीले कडा एक्सन लिएको हो ।

दुई दिन अगाडी मात्र टिकटोक बनाउने युवकलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ भने आईतबार युवतिलाई पनि उनको घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएको हो । जानकारी अनुसार, युवति धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानीकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमका अनुसार, युवतिलाई आईतबार बिहानै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । सोमबार पत्रकार सम्मेलन गरी थप विवरण दिने उनले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds