2024-05-03

Close

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियामा विद्यालयमा भवन निर्माणको विषयलाई लिएर झडप भएको छ । दुई समूहबीच भएको झडपमा दुईजना गम्भीर घाइते भएका छन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ कोल्हुवा स्थित वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयमा आइतबार झडप भएको हो । भवन निर्माण गुणस्तरहीन भइरहेको र खर्च पारदर्शी नभएको भन्दै आइतवार भएको दुई पक्षीय झडपमा स्थानीय ज्ञानेन्द्र यादव र शंकर यादव गम्भीर घाइते भएका छन् ।
धनुषा प्रहरीका अनुसार घाइते मध्ये ज्ञानेन्द्रलाई थप उपचारका लागि काठमाडौ रेफर गरिएको छ । शंकरको उपचार जनकपुरको रामजानकी हस्पीटलमा भइरहेको छ ।

धनुषाका एसपी विश्वराज खड्काका अनुसार स्थानीय केही युवाहरुले विद्यालय भवन निर्माण कमसल र गुणस्तरहीन भइरहेको भन्दै खर्च हिसाब पारदर्शीको माग गर्दा बिबाद भएको थियो ।
बिबाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ ।

संघीय सरकारको नमूना विद्यालय कार्यक्रम अन्तर्गत डेढ करोडको बजेटमा निर्माण भइरहेको विद्यालय भवनको तेश्रो तल्लाको छत ढलान काम भइरहेको छ । तीन तल्ले भवन निर्माण गर्नु पर्ने सो भवनको पहिलो भूइतल्ला निर्माण भइसकेको छ भने दोश्रो र तेश्रो तल्लाको काम भइरहेको छ । विद्यालय व्यवस्थापन समिति नहुँदा वडा समितिद्वारा निर्माण समिति गठन गरी निर्माण कार्य भइरहेको स्थानीयले बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds