2024-05-09

Close

जनकपुरधाम, भदौ २ । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणी पोखरेलले निर्वाचन प्रणाली बदलिनुपर्ने बताएका छन् । उनले अहिलेको निर्वाचन प्रणाली पुँजीपति वर्गका लागि मात्रै रहेको बताए ।
महान शहीद रामवृक्ष यादवको २९ औँ स्मृतिसभालाई धनुषाको बरमझियामा सम्बोधन गर्र्दै पाखरेलले अहिलेको निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो भएकोले यो प्रणाली गरिब निमुखाको लागि नरहेको बताए । उनले आफ्नो पार्टी अहिले पनि यो निर्वाचन प्रणाली फेर्न संघर्ष गरिरहेको रहेको बताए । माओवादीको मूल एजेण्डा अहिले पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताए ।
उनले माओवादीले जनताको लागि सुरु गरेको जनयुद्ध अहिले नै अन्त्य भएको नबुझ्न आग्रह गरे । उनने माओवादीले अहिलेका लागि जनयुद्ध स्थगित मात्रै परेको र आवश्यक परे फेरी जनताका लागि जनयुद्ध सुरु गर्ने बताए ।
मधेश प्रदेशका ईन्चार्ज समेत रहेका पोखरेलले रामवृक्ष यादवले दशकौ अगाडी देखेका सपना अहिले आएर विस्तारै हुदै गईरहेको बताए । माओवादी अझै पनि समाजवादको पक्षमा अडिग भएर उभिएको बताए । उनले काँग्रेस एमाले लगायतका दल अझै पनि माओवादी प्रति जालझेल गरिरहेको आरोप लगाए ।
जनयुद्ध सुरु हुनु अगावै तयारीकै क्रममा वि.सं. २०५१ भ्दौ २ गते तत्कालीन राज्य पक्षद्वारा रामवृक्ष यादवको हत्या गरेको थियो । २००३ सालमा धनुषाको बरमझियामा जन्मेका उक्त क्षेत्रमा यादव ‘मास्टर साहेब’को नामले चर्चित थिए ।
कार्यक्रममा माओवादी केन्द्रिय सदस्य एवं धनुषा ईन्चार्ज श्रवण बरबरीया, पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्रीहरु बोधमाया यादव, पूर्वमन्त्री अजय शंकर नायक, महेन्द्र पासवान, मधेश प्रदेशकी मन्त्री सुनिता यादव, जिल्ला अध्यक्ष दिपक यादव, रामवृक्ष यादवका त्यो बेलाका समकालीन शोभित यादव, दलित मुक्ति मोर्चाका प्रदेश सचिव बिनोद महरा लगायत हजारौँको सहभागिता थियो ।    

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds