2024-04-28

Close

श्याम गुप्ता
बारा, ७ भदाै
तिर्थयात्री चढेकाे बस दुर्घटना हुँदा बुधवार राती बारामा ७ जनाको मृत्यु भएको छ । भने, १७ जना घाइते भएका छन् ।
जिल्लाकाे पथलैया-हेटौंडा सडक खण्ड अन्तर्गत चुरियामाईमा भारतीय तिर्थयात्री चढेको बस दुर्घटना भएको हाे ।
काठमाण्डौंबाट जनकपुर तर्फ जाँदै गरेको प्र.३-००१.ख.७९९४ नम्बरको बस राती करिब १ बजेकाे समयमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ स्थित चुरियामाईको ओरालोमा दुर्घटना भएको थियाे । तिव्र गतिका कारण बस सडक देखि करिब १५ मिटर टाँढा खोलामा खसेको हाे ।
साे दुर्घटनामा परि मृत्यु हुँनेमा चार महिला र तीन पुरुष रहेका छन् । मृतक मध्ये ६ जना भारतीय र एक जना नेपाली रहेकाे खुलेको छ ।
बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार मृत्यु हुँनेमा महोत्तरी लोहरपट्टीका ४१ वर्षीय बिजयलाल पण्डित रहेका छन्, भने अन्यको नाम भने खुलेको छैन । दुर्घटनामा घाईते भएका १७ जनाको हेटौैडाकाे अस्पतालमा उपचार भईरहेको छ ।
घाइते हुँनेहरूमा भारत राजस्थानका घनश्याम चतुर्वेदी, मायाँ देवी, अनिल कुमार, चारावती चुतर्वेदी, श्यामलाल माली, हरवारी माली, चौथी देवी, सुरेश चक्रवर्ती, रामप्रसाद, धरम सिंह, इन्दु धानुक, रामकुमार चतुर्वेदी, १६ वर्षीया गर्बिदा चतुर्वेदी र ९ वर्षीया क्रितिका चतुर्वेदी रहेका छन् ।
त्यसैगरी महोत्तरी जिल्ला स्थित जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाँउपालिका १८ का घुरन मण्डल, महोत्तरी लोहारपट्टी ५ का जसबेन्दर पासवान घाइते भएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।
सडकबाट खोलामा बस खसेकाले तिव्र गतिका कारण दुर्घटना भएको हुँन सक्ने अनुमान गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
दुर्घटना लगत्तै चालक फरार भएका थिए । प्रहरीले उनलाई धनुषाबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।
प्रहरीले एक घण्टा पछि घटनाको सूचना पाएको थियो । सूचना ढिलो पाएका कारण उद्दारमा केही ढिलाई भएको प्रहरी उपरीक्षक बोगटीले बताए ।
सकुशल भएपछि समय मैं दुर्घटनाको विषयमा जानकारी गराउँनु पर्ने चालक भागेर धनुषा पुगेको र घाइते यात्रु सडकमा निस्किएर घटना बारेमा जानकारी गराउँदा ढिलो हुँन पुगेको बोगटीको भनाई छ ।
घटनाको जानकारी पाए पछि ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरीको टोली घटना स्थलमा खटिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds