2024-05-03

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका-६ हठिपुरमा मंगलेश्वर महादेव मन्दिरको संस्थापक समाजसेवी डा. सत्यनारायण भदिसवार यादवको निधन भएको छ ।

मंगलबार राती १२:४५ मा अमिरेकामा आफ्नै निवासमा ६५ वर्षको उमेरमा डा. सत्यनारायण भदिसवार यादवको निधन भएको दिनेश भदिसवारले जानकारी दिए ।

उनका अनुसार डा. सत्यनारायण ४० वर्षदेखि अमिरेकामा बस्दै आइरहेको थिए । उनले आफ्नै जन्मभुमी हठिपुरमा आफ्नो व्यक्तिगत लगानीमा आन्तरिक पर्यटनलाई लोभलाग्दो मंगलेश्वर महादेवको मन्दिर निर्माण गरेको हो ।

डा. सत्यनारायणले आफ्नो गाउँमा मात्रै हैन्न, अरु कयौं स्थानमा महादेवको मन्दिरमा बनाएको हो ।उनले गाउँका एक सय भन्दा बढी गरिब किसानका छोराछोरीलाई आर्थिक सहयोग गरेर डाक्टर, इन्जिनियर बनाउन सफल भएको व्यक्ति हुनुहुन्छ डा. सत्यनारायण भदिसवार यादव ।

उनले आफ्नै बुबा किसुन भदिसवार र काकाको नाममा गाउँमै सामुदायिक विद्यालय समेत बनाएको हो ।

डा. सत्यनारायणले देवोका देव महादेवको भक्तिमा करिब २५ वर्षदेखि लागेका थिए ।

उनको एक छोरा र दुई छोरी रहेको हो । उनिहरु पनि अमिरेकामा बस्दै आइरहेको छ । डा. सत्यनारायणको अन्तिम संस्कार नेपाली समय ७ बजे बुधबार साँझ अमिरेकामा हुने उनको परिवारकै सदस्य दिनेश भदिसवारले जानकारी दिएको हो । उनको अन्तिम संस्कारको अमिरेकाबाट लाईभ जोडेर मंगलेश्वर महादेवको प्राङ्गणमा लाइभमार्फत गाउँबासीले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ ।

डा. सत्यनारायण भदिसवार यादवको निधनको खबरले पुरै गाउँनै शोकमा डुबेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds