जनकपुरधाम । लामो समयदेखि ‘क्यान्सर’बाट पीडित जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय सदस्य एवं मधेश प्रदेशका प्रदेश सभा सदस्य विन्दु कुमारी यादवको निधनप्रति मधेश प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले दुःख व्यक्त गरेका छन् ।
अर्थमन्त्री यादवले शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘उहाँको देहावसानले मधेशलाई अकल्पनीय र अपूरणीय क्षति भएको छ । पहिचानवादी अधिकारका लडाईमा सुरुदेखि नै अग्रणी भूमिकामा रहनुभएका उहाँको यो योगदान सदैव अविस्मरणीय हुनेछ ।’
मधेश प्रदेशले एउटा कुशल, क्रान्तिकारी योद्धा महिला नेतृका साथै आन्दोलनकारी समेत गुमाएको छ ।
‘स्वर्गीय विन्दुकुमारी यादव प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो सम्वेदना ।’ उनले भनेका छन् ।
This will close in 20 seconds