2024-05-18

Close

जनकपुरधाम । आज शहीद रामनारायण मण्डल (मुरबल) को २७ औं स्मृति दिवस मनाइएको छ । धनुषाको शहीदनगर नगरपालिका ६ हरबारामा नेकपा एमालेले उनको स्मृति दिवस मनाएको हो ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठ लगातका नेताहरु हरबारा पुगेर शहिद मुरबललाई श्रद्धाञ्जली दिए । उनीहरुले शहिद मुडबलको योगदानको जति प्रसंशा गरेपनि कम हुने उल्लेख गरे ।

मण्डल जनप्रिय कम्युनिष्ट नेता थिए । उनी गाविस अध्यक्षमा समेत निर्वाचित भएका थिए ‌। तर २०५३ असोजमा विपक्षी दलका कार्यकर्ताले उनको हत्या गर्यो ।

मण्डलको मात्र होइन्, उनका जेठो छोरालाई समेत पोखरीमा फालेर हत्या गरियो । परिवारलाई नै सखाप पार्न खोज्दा मण्डलका श्रीमती फूलोकुमारी देवी र छोरा अपराजय विस्थापित भएका थिए ।

फूलोदेवी र उनका अपराजयलाई एमाले अध्यक्ष केपी शर्मा ओली पाल्पामा लुकाएर संरक्षण दिएका थिए । उनै ओलीले गत वर्ष अचानक उनको घर पुगेका थिए । त्यहाँ पुगेर फूलोदेवीलाई सांसद बनाउने वचन दिएका थिए ।

ओलीले फूलोदेवीलाई सांसद बनाएर वचन पुरा गरिसकेका छन् । फूलोदेवी अहिले एमालेका मधेश प्रदेशकी समानुपातिक सांसद छिन् । फूलोदेवीसँग आज एमाले उपाध्यक्ष पोखरेल र सचिव भट्टराईले पनि भलाकुसारी गरे ।

शहीद रामनारायणको स्मृति दिवसमा एमाले उपाध्यक्ष पोखरेलले भने, ‘रामनायायण कमरेडलाई हामीले प्रेमले मुरबल भन्दै थियौं । आज उहाँको २७ औं स्मृति दिवस मनाउदैछौं । उहाँलाई श्रद्धाञ्जली दिन अध्यक्ष केपी शर्मा ओली जी पनि आउन चाहनुभएको थियो । तर केही कारणबश आउन सक्नुभएन । उहाँको तर्फबाट पनि श्रद्धाञ्जली दिन चाहन्छु ‌।’

शहिद मुरबलको योगदानको प्रशंसा गर्दै भने, ‘उहाँ जनतामा स्थापित जननेता हुनुहुन्थ्यो । दुब्लो र पातले भए पनि उहाँको हिम्मत हिमाल जस्तो उचाई थियो ।’ जनविरोधी र प्रतिक्रियावादीहरुले कमरेड मुरबलको हत्या गरेको आरोप लगाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds