2024-10-13

Close

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले गाउँपालिकाभित्र ओरकेष्ट्रा नचाउन नपाउने बोल्ड निर्णय लिएका छन् ।

बर्षौदेखि धनुषाका प्रशासनले समेत प्रतिबन्ध गरेको महिला नर्तक, उच्छृँगल नृत्य, ओरकेष्ट्रालाई जिल्लावासीले मगाएर नचाउँदै आएको क्रममा जनकनन्दिनी गाउँपालिकाभित्र त्यस्ता कुनै कार्यक्रम गर्न नदिने निर्णय अध्यक्ष यादवले गरेका हुन् ।

नेपाल–भारतको सीमासँगै रहेको जनकनन्दिनी गाउँपालिकाभित्र छिमेकी मुलुक भारतको विभिन्न प्रान्तबाट महिला नर्तक बोलाएर नचाउँदा यहाँको सँस्कार, सँस्कृति, मौलिकता हराउँदै गएको भन्दै अध्यक्ष यादवले सो निर्णय सर्वसहमतिले लिएको हो ।

ओरकेष्ट्रा नचाउँदा गाउँ समाजमा झै झगडा, उच्छृँगलताको समेत वातावरण सृजना भई अप्रिय घटनाहरु हुन थालेको तथ्याँकलाई मध्यनजर गर्दै अध्यक्ष यादवले मँगलबारदेखि नै लागू हुने गरी ओरकेष्ट्राको नाममा महिला नर्तकहरुलाई गराईने सम्पूर्ण प्रकारको कार्यक्रम पूर्णतः बन्द गरिएको हो ।

यसको लागि ईलाका प्रहरी कार्यालय खजुरीले, सशस्त्र प्रहरी खजुरीले निगरानी बढाउने छ भने ओरकेष्ट्रा नचाएको खण्डमा प्रचलित कानुन बमोजिम कारवाही समेत गरिने जनाएको छ ।

यद्यपी, अध्यक्ष यादवले चर्को हौरन, प्राणघातक डिजेको बारेमा भने जिकिर गरेका छैनन् । डिजे आतंकले स्थानीयहरु अबेर रातीसम्म आतंकित हुँदै आएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर