2024-05-18

Close

वीरगंज२०शनिबार चाडपर्वको बेलाम सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीको संरक्षणमा ठुलो मात्रामा तस्करीको लाईन खुल्ला भएको छ।सिमानाकाको मुख्य जिम्मवारी पाएको सशस्त्र प्रहरी बल बिओपी अमरपर्टी नाकाबाट व्यापक रुपमा तस्करी शुरु भएको हो।पर्साको अमरपर्टीनाकाबाट बिओपीको संरक्षणमा लत्ताकपडा , कबाड,हाडयेवर,भैसी,रजनिगंन्धा,धान, गेहु,कुखुराको चल्ला लगाएतको तस्करी व्यापक रुपमा शुरु भएको नाम नछाप्रने सर्तमा एक स्थानिय युवकले बताएका छन।अमरपर्टी नाकाबाट ठुलो मात्रामा पिकप र ट्याक्टरबाट संजयको कबाड नेपालबाट भारत भित्राउने गर्छन  भन्ने भारतबाट सोही पिकपमा काजु, लत्ताकपडा नेपालमा भित्राउने गरेका छन।यसरीनै रुपेश नामको व्यापारीले रजनिगंधा,परागको ४ वटा मोटरसाइकलको लाईन पाएको छ भन्ने अनुपको ५ वटा मोटरसाइकलमा कुखुराको चल्ला र टुन्नु ट्याक्टरबाट धान र संदिपको ठुलो मात्रामा प्याजको तस्करीको लाईन पाएको छ।सशस्त्र प्रहरी बल हेडक्वाटरले कुनै किसिमको सदा पोसाकमा खटिने घुमुवालाई खटाउन रोक लगाएपनि सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले हेडक्वाटर निर्देशन विपरीत दुई जना घुमुवा परिचालन गरि उनीहरू मार्फत रकमको नजराना बुझि अमरपर्टीनाकाबाट तस्करीको लाईन दिएको नाम नछाप्रने सर्तमा एक तस्करले बताएका छन ।सशस्त्र प्रहरी बल १३  नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्याले सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशन विपरीत २ जना घुमुवा परिचालन गरि तस्करीको लाईन खुलाएको स्रोतले जनाएको छ।सशस्त्र प्रहरी बल हेडक्वाटरका प्रमुख एवम सशस्त्र प्रहरीका आईजिपी राजु आर्यालले कुनैपनि मातहतले कुनै किसिमको घुमुवा परिचालन नगर्ने निर्देशन दिएपनि सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्याको  बिसवासिलो पात्रहरू हवल्दार घनशयाम परियार र सहायक राजाराम पेटल  घुमुवा परिचालन गरि विभिन्न नाकाहरुबाट व्यापकरुपमा तस्करी गराउदै आएका छन।सशस्त्र प्रहरीका यी दुवैजनाको दरबन्दी अरु जिल्ला  रहेपनि उनी माथिल्लो पहुचको कारणले १३ नम्बर गणमा काजमा बसि एसपी साहेबको बिशवासलीपात्रो भई तस्करहरुमा डर धाक देखाई रकम असुल्दै आतक मच्चाउदै हिडेका छन।पर्सा जिल्लामा  सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक करोडौं  रुपैया भन्दा बढी अबैध सामानहरु भन्सार छलेर तस्करहरुले पर्सा नाकाहरु गरेको स्रोतले जनाएको छ। सशस्त्र प्रहरीको संरक्षणमा पर्सा जिल्लाको विभिन्न नाकाहरुबाट भित्राएको सामानहरु जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले तस्करीमा कडाई गरि सामानहरु धमाधम पक्राउ गरदै आएपनि सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किसन कार्मचार्याका दुवै घुमुवाको कारण तस्करी केही कमि नआएको जनमानसमा व्याप चर्च रहेको छ।सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशन विपरीत सशस्त्र प्रहरी बल १३ नम्बर गणले  घुमुवा परिचालन गरि तस्करहरु संग रकम असुली गरि सशस्त्र प्रहरीका आईजिपी राजु आर्यल र मधेश प्रदेशडिआईजि दिपेन्द्र शाहको नाऊमा १३ नम्बर गणका घुमुवाद्वारा तस्करहरु संग चाडपर्वको नाऊमा रकम असुल्दै अख्तियार र सिआईबी खोई?

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds