2024-05-03

Close

जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपालले तराई मधेशका जिल्लाहरुमा हुने अवैध क्रियाकलाप नियन्त्रणमा थप सक्रियता देखाएको छ ।

२०७९ चैत्रदेखि २०८० भदौ १५ गतेसम्मको अवधिका सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका इकाईहरुले २४ करोड भन्दा बढिको अवैध सामान नियन्त्रणमा लिएको छ ।

सो अवधिमा २० करोड ७७ लाख ६ हजार १ सय ४४ रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा, मोटर पार्ट्स, सवारी साधन लगायतका सामान नियन्त्रणमा लिई सम्बन्धि नियकायमा बुझाई सकेको छ ।

त्यस्तै १ करोड १ लाख ४४ हजार ३ सय ९३ रुपैयाँ बराबरको पशुचौपाया, श्रोत नखुलेको नेपाली रुपैयाँ ९९ लाख ४ हजार ३ सय १५, भारतीय रुपैयाँ २८ लाख १७ हजार ३ सय १५ समेत बरामद भएको छ । यसैगरि सोही अबधिमा ७९ लाख ४२ हजार ६ सय ५० रुपैयाँ बराबरको करीव २ हजार ८ सय १३ क्यूफिट काठ र ८ लाख ४८ हजार ५ सय ५३ रुपैयाँ बरारको सुन तथा चाँदी बरामद गरेको छ ।

यसैगरी सोही अवधिमा करीव १ हजार ३ के.जी. गाँजा, ३७.७१ के.जी. चरेश, ५ हजार ७ सय ७ वटा विभिन्न किसिमका लागुऔषध (नर्फिन, फेनार्गन, डाईजेपाम, कोरेक्स, सिरिन्ज, नाईट्रोभेट) ट्याब्लेट बरामद भएको छ ।

त्यस्तै ४ नाल हतियार, २० वटा गोली, २ वटा म्याग्जिन र १२ वटा कार्टिज बरामद भएको छ । भारतमा बेचबिखन गर्न लगिएका २० जना नेपाली चेलीबेटीहरुको उद्धार गरिएको छ, भने सो कार्यमा संलग्न रहेका १ सय १० जनालाई पक्राउ गरिएको छ ।

चोरीपैठारी लगायतका कार्यमा प्रयोग भएका ६ सय ४६ वटा विभिन्न कम्पनीका सवारी साधन समेत बरामद गरि भन्सार दाखिला गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

दशै तिहारमा हुन सक्ने चोरी तस्करी नियन्त्रणका लागि समेत मधेस प्रदेशको सिमा नाकामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds