जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बोकाबली सुरु भएको छ । बेलुकी ८ः३२ मिनेटमा सुरु भएको बोकाबली धमाधम हुँदैछ ।
राजदेवी मन्दिरमा यसपाली पनि ४ वटा ठेहा सँचालन गरिएको छ । बोकाबलीको लागि महावीर युवा कमिटिले ४ ठेहा लगाएको हो ।
महावीर युवा कमिटिका सदस्य रवि कुमार शर्माका अनुसार, बोकाबली तीव्र गतिमा भईरहेको छ । एक मिनेटमा एउटा ठेहामा कम्तीमा ३० वटा बोकाबली प्रदान भईरहेको उनले बताए । शर्माका अनुसार, चारवटै ठेहामा एक मिनेटमा १२० बढी बोकाबली भईरहको छ ।
आर्थिक मन्दीको कारण राजदेवी मन्दिरमा यसपाली अन्य वर्षको तुलनामा बोकाबली कम हुने अनुमान गरिएको छ । यद्यपी, बाहिर बोकाबलीको लाईन हेर्दा पोहोर वर्षजस्तै हुने विश्वास पनि गरिएको छ ।