2024-05-16

Close

जनकपुरधाम । महोत्तरीमा दसैँ मेलामा विवाद हुँदा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ का १९ वर्षीय आशिक भन्ने बसन्त पासवानको हत्या भएको हो ।

पासवानको शव स्थानीय जगदीश शाहको धान खेतमा बिहीबार साँझ फेला परेको थियो । घटनालगत्तै प्रहरीले हत्यामा संलग्न दुई भारतीय युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनी जिल्लाका १९ वर्षीय दीपक मल्लिक र १८ वर्षीय अमित मल्लिक छन् । नेपालस्थित सानीआमाको घर आएका उनीहरुले घटना घटाएका हुन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार मेलामा सिक्रीको विषयमा विवाद भएपछि पासवानलाई सुनसान ठाउँमा लगेर छुरा प्रहार गरी हत्या गरेको पक्राउ परेका दुबैजना स्वीकारेका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘मेलामा टिकटक बनाउन अमितले लगाएको सिक्री मृतक पासवानले लिएका थिए । तर, सिक्री दिन आनाकानी गरेपछि विवाद भयो । सोही निहुँमा पासवानको हत्या गरेको उनीहरुले बयान दिएका छन् ।’

घटनाबारे थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको डीएसपी गिरीले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds