2024-05-05

Close

काठमाडौं । मधेश प्रदेश सरकारले संघीय सरकारसमक्ष प्रदेश प्रहरी समायोजनलगायतका ६ बुँदे माग राखेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघीयतामा गएको ८ वर्ष भइसक्दासमेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले यो ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए । ३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने उनले चेतावनी दिए ।

मधेश सरकारले प्रदेश प्रहरी समायोजन सम्बन्ध, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थ सम्बन्धी समस्या र अभियोजन सम्बन्धमा आधारित भई ज्ञापन बुझाएको हो । प्रधानमन्त्रीले आफूहरूको माग जायज भएको भन्दै ३० दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाएको मुख्यमन्त्री यादवले जानकारी गराए ।

‘खासगरी प्रहरी प्रशासन हामीसँग छैन,’ उनले भने, ‘जबकि शान्ति सुरक्षाको अधिकार संविधानले प्रदेशलाई दिएको छ ।’

काम गर्न कर्मचारी नरहेको र संघबाट आएका कर्मचारीको काम गर्ने शैली फरक रहेकाले समस्या भइरहेको उनले सुनाए । आफू मुख्यमन्त्री बनेको ८ महिनामै तीन मुख्य सचिवको सरुवा भएको उनको गुनासो छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत हुनुपर्ने पनि मधेश सरकारको माग छ । उनले संघबाट प्रमुख प्रशासकीय अधिकृत पठाउन ढिलाई र कमिशनखोरी हुने गरेको आरोप लगाए ।

मुख्यमन्त्री यादवले अन्य ६ प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, सभासद र स्थानीय तहका जनप्रतिनिधिसँग पनि संवैधानिक अधिकार कार्यान्वयनका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराउन अपील गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds