वीरगंज २३ गते
वीरगन्ज पर्साको वीरगंज महानगरपालिका वडा १७ अलौ कोन्हिया स्थित रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिधालयमा अध्यनरत बिधार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको छ।श्री नेपाल राष्ट्रिय आधारभुूत बिधालयको आयोजना बिधालयमा अध्ययनरत १५० जना बिधार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको हो। बिहिवार विद्यालयमै आयाेजित कार्यक्रममा बिधालयको आफ्नै कोषबाट रकम निकासा गरि बाल विकासदेखि कक्षा ५ सम्मका १५० जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र यादवले जानकारी दिए ।कपडा वितरण कार्यक्रममा वीरगन्ज वडा नम्बर १७ का वडा अध्यक्ष संजु छतकुली , वडा सदस्य शेख नेसार, उमरावती राम, राजेन्द्र सहनी ,बिधालय व्यवस्थापन समीती सदसयहरु ,प्र, अ ईमराईन देवान ,लालबाबु यादव, गंगाधरमहतो,युवा नेता बिरेन्द्र यादव, बिरा यादव , प्रमेशवर यादव, सत्रुधन, शिक्षक धन्नजय यादव , अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।