जनकपुरधाम । महोत्तरी सशस्त्र प्रहरीले दुई जनाबाट स्रोत नखुलेको ८ लाख बढी रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका ३ का २८ रमेश कुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी छन् ।
उनी दुवै जनाले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६ प १६२१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा पोकरभिणडा विओपीबाट खटेको सशस्त्र प्रहरी निरीक्षक सुभाष पहाडी नेतृत्वको टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको रुपैयाँ बरामद भएपछि पक्राउ गरिएको छ ।
सशस्त्र प्रहरी निरीक्षक सुभाष पहाडीको अनुसार उनीहरूबाट ८ लाख १० हजार ९ सय २० रुपैयाँ बरामद भएको छ । बरामद रकम, २ वटा मोबाईल रहेको छ ।
उनीहरू भारतबाट नेपालतर्फ आउने क्रममा शंका लागेर चेकजाँच गरेपछि बरामद भएको स्रोत नखुलेको रकम, मोटरसाइकल र रुपैयाँ आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा पठाएको सशस्त्र प्रहरी नं. ९ गण महोत्तरीले जनाएको छ ।