2024-05-04

Close

जनकपुरधाम । कात्तिक पूर्णिमाको अवसरमा धनुषा-सिरहा जिल्ला जोड्ने कमला नदीमा अनौठो ‘भूत मेला’ लाग्छ । मेलाका लागि धामीझाँक्री, भगता र सर्वसधारणहरु घरबाट हिँडेका छन् ।

धनुषा र सिरहाका गाउँ-गाउँबाट भगताहरु ‘घरको कुलदेवता’ खेल्दै कमला घाटतर्फ गइरहेको देख्न सकिन्छ । आज हिँडेकाहरु राति कमलामै बास बस्छन् । भोलि स्नान र पूजापाठपछि दहीच्यूरा खाएर फर्किन्छन् ।

कात्तिक पूर्णिमाको दिन स्नान, दान र ब्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ । कमला नदीलाई गंगा सरह मानिन्छ । त्यसैले, यो नदीमा कात्तिक पूर्णिमा अर्थात् भोलि बिहान लाखौं मानिस स्नान गर्छन् ।

विशेषगरी ग्रामीण मधेशमा अझै पनि टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरुको संख्या ठूलो रहेको छ । ‘कुलदेवता’ खेल्दा भूतजस्तो गर्ने गरेकाले पूर्णिमा मेलालाई ‘भूतमेला’ भन्ने गरिन्छ । नवभगताहरु भने सिद्धि प्राप्तिका लागि कात्तिक पूर्णिमाको दिन कमला स्नान गर्छन् । तन्त्र शास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । तराई मधेशमा वर्षैंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहँदै आएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds