जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हरि नारायण महतोलाई चयन गरिएको छ ।
मंगलवार महतोलाई एमाले संसदीय दलका नेता सरोज कुमार यादवले प्रमुख सचेतकमा चयन गरेका हुन् ।
महतो नेकपा एमालेबाट धनुषा क्षेत्र नम्बर–४ को (ख) प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
संसदमा पार्टीको धारणा राख्न, कार्यव्यवस्था परामर्श समितिको बैठकमा भाग लिने लगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने गर्दछ ।