2024-05-06

Close

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका वडा नं. ५ सुगा-निकासमा रहेको ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि २ जना घाइते भएका छन् । स्थानीयको कुटाईले घाइते भएका व्यक्तिको प्रहरीको कुटाईबाट निधन भएपछि आक्रोसित स्थानिय प्रहरी चौकी घेराउ गर्न पुगेको क्रममा स्थानीय र प्रहरीबिच झडप भएको हो । झडपको क्रममा भिड़लाई तितरवितर पार्न प्रहरीले गरेको हवाई फायरको क्रममा दुई जनालाई गोली लागेको छ ।
गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षिय मतलुब अन्सारी घाइते भएका छन् ।
घाइते भएका अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ भने अर्का घाइते मण्ड़लको दाहिने हाथमा गोली लागेको हो ।
प्रहरीको गोली लागेर दुईजना सहित झडपमा परी तिनजना घाइते भएको स्थानियले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आक्रोशित स्थानीयको भीड़ले ईलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ । आक्रोशित स्थानीयको भिड़ले प्रहरीऊपर आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रुपमा जलाई दिएको र नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइ दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्थानिय दिपा मण्डललाई स्थानीयबिचको विवादको क्रममा पकाउ गरि ईलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी सई तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लागेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको स्थानीयले जनाएको छ ।
घाइते मध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भई रहेको छ भने घाइते मण्डललाई थप उपचारकालागि काठमाडौँ रेफर गरिएको छ ।
यता धनुषा क्षेत्र नं.१ का सांसद दीपक कार्कीले घटना निन्दनीय रहेको बताउँदै घटनाको निश्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । छानविनबाट दोषी देखिएको व्यक्तिलाई कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्ने माग गरे । यसका साथै प्रहरीको गोली लागि घाइते भएका दूबैजनाको उपचार खर्च राज्यले ब्यहोर्नुपर्ने माग गरेका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds