2024-05-02

Close

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको छ । नगरपालिकाको सरकारी रकमबाट किनिएको सरकारी गाडीलाई उनले निजी जसरी प्रयोग गरिरहेका छन् ।

आज आइतबार सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । मेयर यादव चढ्ने स १ झ ५२१ नम्बरको सरकारी गाडी भने चोहर्वास्थित सेना ब्यारेक अगाडी रहेको दारू भट्टीमा भेटिएको छ ।

तर, यस विषयमा बुझ्न खोज्दा मेयर यादवले पत्रकारलाई धम्कीपूर्ण प्रतिक्रिया दिएका छन् । उनले पत्रकारलाई फटाहा भन्दै आफै गाडी लिएर त्यहाँ गएको र आफूले राम्रो गरेको बताएका छन् ।

मेयर यादव निर्धक्क भएर सरकारी गाडीलाई कतिसम्मको दुरुपयोग गरिरहेका छन् भन्ने कुराको यो उदाहरण मात्रै हो । मिर्चैयास्थित स्वस्तिक पाठशालामा अध्ययनरत छोराछोरीलाई छाड्न पनि सोही गाडी प्रयोग गर्दै आएका छन् ।

यतिमात्र नभई सम्पूर्ण पारिवारिक काममा उनले सोही गाडी निजी जसरी प्रयोग गर्छन् । मेयर यादवको यो हर्कत देखेर मिर्चैयावासी आक्रोशित भएपनि उनको अपराधिक प्रवृत्तिका कारण कोही खुलेर बोल्दैनन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds