2024-04-29

Close

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) का भातृसंगठन समाजवदी युवा संघ मधेश प्रदेशको अध्यक्षमा उमेश निराला चयन भएको छ ।
हिजो शुक्रबार अबेर राति जनकपुरधाममा बसेको समाजवादी युवा संघ नेपाल मधेश प्रदेश समितिका कार्यदलले सो निर्णय गरेको हो । यसअघि उपाध्यक्ष रहेको निरालालाई अध्यक्षको जिम्मेवारी तोकिएको समाजवादी युवा संघ नेपालको केन्द्रिय महासचिव दिलिप कुमार पटेलले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष निराला सहित ३७ जनाको समिति गठन गरिएको हो ।
विभिन्न १० जना उम्मेदवारमाथि भएको छलफलमा कार्यदलले उनलाई अध्यक्ष तोकिएको समाजवादी युवा संघ नेपालका केन्द्रिय अध्यक्ष संजीव कुमार यादवले जानकारी दिए ।
संघका केन्द्रिय अध्यक्ष यादवका अनुसार उपाध्यक्षमा सरोज चौधरी, भुवनेश्वर थापा, र कमलेश यादवलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै मुख्य सचिवको मनिष यादव(ओम) लाई दिइएको छ ।
सचिवमा मनोज कुमार यादव, विजय साह र सुरज महतोलाई चयन गरिएको हो । त्यस्तै, कोषाध्यक्षको जिम्मेवारी राजन बैठालाई दिइएको अध्यक्ष यादवले जानकारी दिएका छन् । त्यस्तै सदस्यद्धयमा राकेश कुमार राय, शिवचन्द्र यादव, उपेन्द्र यादव, सुजित कुमार पाण्डे, रविन्द्र कुमार यादव, रमण मिश्रा, अमित यादव, रुपक पटेल, मुकेश यादव र सत्येन्द्र यादव रहेका छन् ।
त्यस्तै, मोनिका शर्मा, दिपु वर्मा, तप्सी यादव, अशोक कुमार यादव, मुकेश ठाकुर, सुरज यादव, दिपक यादव, कैलाश महरान, जय नारायण यादव, शशी यादव, संजीव यादव, रामेश्वर दास, नागेन्द्र यादव, सरोज अधिकारी, दिपेन्द्र यादव, केदार यादव, रामसागर पटेल र महमद दिलकश साह (मियाँ) लाई सदस्यमा चयन गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds