अप्पन जनकपुर
उनले पार्टीले संगठन सुधार र सांगठनिक निर्माणका गतिविधिहरुमा ध्यान नदिई सत्ता लिप्सामा लिन भएकोप्रति असन्तुष्टि जनाएका हुन् । उनले पार्टी नसच्चिए पार्टी नै परित्याग गर्ने चेतावनी समेत दिएका छन् । स्रोतका अनुसार उनी पार्टी परित्याग गर्ने मुडमा पुगिसकेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुक स्टाट्स मार्फत पदबाट राजीनामा दिएको जानकारी गराउदै लेखेका छन्,- म राधाकृष्ण साह (किसन साह) लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल संगको यात्रालाई आजबाट पुर्न रुपले बिराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुभएको सम्पूर्ण साथी शुभचिन्तक र पार्टीका सदस्यहरुलाई हृदय देखि धन्यवाद । आगामी राजनिती यात्रा सम्पुर्ण साथी भाई, शुभ चिन्तकहरुको सल्लाह सुझाव अनुसार निर्णय लिने पनि जनकारी गराउन चाहन्छौ । मधेश आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका किसन साह लोसपामा राजेन्द्र महतो निकट मानिन्छन् ।