2024-05-06

Close

जनकपुरधाम । सिरहाको मुख्य नाका माड़रबाट तस्करीको लाईन खुले सँगै अवैध कपड़ाको तस्करी बढ़न थालेको छ ।

भारतबाट नेपाल नेपाल तर्फ अवैध तस्करीमा माड़र नाकाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक (डीएसपी) राजू दाहालले तस्करी गराए बापत तस्करबाट मोटो रकम लिने गरेको स्रोतको दावी छ ।

माड़र नाकाको पटेर्वा स्थितबाट भन्सार छलीका अवैध कपड़ाको तस्करीको सूचना पाए लगतै सशस्त्र प्रहरी बल नम्बर गण ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको विशेष टोलीले माड़र गुल्मको एरिया सिरहा नगरपालिका १२ सारस्वर स्थितबाट करीब ७ लाख बढ़ी मूल्य बराबरको अवैध कपड़ा बरामदा गरेको सशस्त्र प्रहरीबल सिरहाका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरिक्षक (डीएसपी) दिपेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार, मंगलबार बेलुका करिब ६ बजेको समयमा सिरहा नगरपालिका वडा नम्बर १२ सारस्वर स्थितको कमला बाँधब भारतबाट अबैध रुपमा नेपालतर्फ आउदै गरेको दुई वटा मोटरसाईकलमा बोकी ल्याउदै गरेको अन्दाजी मुल्य लाख ८१ हजार ८ सय मूल्य बराबरको अवैध कपडा र मुल्य एक–एक लाख गरी जम्मा २लाख बराबरको २ थान मोटरसाईकल गरी ७ लाख ८१ हजार ८ सय मूल्य बराबरको अवैध समान नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाईएको उनले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds